युक्रेनको मध्यपूर्वी क्षेत्रको एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।
रुसी क्षेप्यास्त्र प्रहारबाट युक्रेनमा ४९ जनाको मृत्यु भएको छ भने २१९ जना घाइते भएका छन्।
युक्रेनको मध्यपूर्वी क्षेत्रको एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मंगलबार बताएका छन्।
रुसी क्षेप्यास्त्र आक्रमण पोल्टावा शहरमा भएको हो। पोल्टावा राजधानी किभबाट करिब ३५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ। रुसको सीमानजिकै रहेको यो शहर किभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ।
सन् २०२२ फेब्रुअरी २४ मा युद्ध शुरू भएयता यो आक्रमण रुसी सेनाले गरेको सबैभन्दा घातक मानिएको छ।
“(पोल्टावा सैन्य) सञ्चार संस्थानको भवनमध्ये एक आंशिक रूपमा नष्ट भएको थियो, मानिसहरू भग्नावशेषमुनि पुरिएका थिए, धेरै मानिसलाई बचाइएको छ”, जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा भने, “उद्धार कार्यमा आवश्यक सबै सेवाहरू परिचालित छन्।”
उनले घटनाको ‘पूर्ण र द्रुत जाँच’को आदेश दिएका छन्। उनले उक्त आक्रमणबारे थप विवरण भने सार्वजनिक गरेनन्।
हवाई आक्रमणको चेतावनी जारी भएरलगत्तै मानिसहरू सुरक्षित स्थानतर्फ जाँदै गर्दा क्षेप्यास्त्र प्रहार भएका थिए।
युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ। उद्धार टोली र चिकित्सकले २५ जनालाई बचाएको रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ। तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको थियो।
पोल्टावाका गभर्नर फिलिप प्रोनिनले बुधबारदेखि तीनदिने शोकको घोषणा गरेका छन्।
“यो पोल्टावा क्षेत्र र सम्पूर्ण युक्रेनका लागि ठूलो त्रासदी हो,” उनले आफ्नो टेलिग्राम पेजमा लेखेका छन्, “दुस्मनले निश्चित रूपमा मानवताविरुद्धका सबै अपराधको जवाफ दिनुपर्छ।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगोलियाको भ्रमण गरेकै दिन उक्त आक्रमण भएको हो। युद्ध अपराधमा पुटिनलाई पक्राउ गर्ने मागलाई मंगोलियाले ध्यान दिने कुनै संकेत गरेको थिएन।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पश्चिमी साझेदारसँग सैन्य सहायताको तत्काल उपलब्धता सुनिश्चित गर्नका लागि आफ्नो अपिललाई दोहोर्याएका छन्।
यसअघि उनले अमेरिका र युरोपेली मुलुकसँग सहयोगका लागि दिएका प्रतिबद्धता पूरा गर्न ढिलो भएको भन्दै आलोचना गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
