काठमाडौं- सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले रु.२ करोडभन्दा बढी विशेष सापटी लिएका छन्। कोषले ३६ महिना योगदान गरेका योगदानकर्तालाई एक सातादेखि विशेष सापटी प्रदान गर्न थालेको छ।योसँगै कोषले योगदानकर्तालाई चार प्रकारका सापटी दिन थालेको छ। योगदानकर्ताले कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी लिन सक्नेछन्।विशेष सापटी लिनेमा सबैभन्दा बढी मोरङका योगदानकर्ता छन्। यसबीचमा ८० भन्दा बढी योगदानकर्ताले विशेष सापटी लिएको कोषले जनाएको छ। कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकमको ८० प्रतिशत विशेष सापटी लिन सक्नेछन्। सामाजिक सुरक्षा कोषमा श्रमिकका तर्फबाट ११ प्रतिशत र रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत जम्मा गर्नुपर्ने व्यववस्था छ। तीन वर्ष योगदान गरेका करिब ७०० जना विशेष सापटीका लागि योग्य छन्। कोषमा प्राप्त श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकमलाई विभिन्न चार योजनामा बाँडिएको छ। एक प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना तथा २८.३३ प्रतिशतलाई वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको छ । वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको २८.३३ प्रतिशतलाई विभाजन गरी निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत रकम जम्मा गर्ने गरिएको छ। अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशत योगदानकर्ताले विशेष सापटीका रुपमा पाउने व्यवस्था …
काठमाडौं- सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले रु.२ करोडभन्दा बढी विशेष सापटी लिएका छन्। कोषले ३६ महिना योगदान गरेका योगदानकर्तालाई एक सातादेखि विशेष सापटी प्रदान गर्न थालेको छ।
योसँगै कोषले योगदानकर्तालाई चार प्रकारका सापटी दिन थालेको छ। योगदानकर्ताले कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी लिन सक्नेछन्।
विशेष सापटी लिनेमा सबैभन्दा बढी मोरङका योगदानकर्ता छन्। यसबीचमा ८० भन्दा बढी योगदानकर्ताले विशेष सापटी लिएको कोषले जनाएको छ।
कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकमको ८० प्रतिशत विशेष सापटी लिन सक्नेछन्। सामाजिक सुरक्षा कोषमा श्रमिकका तर्फबाट ११ प्रतिशत र रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत जम्मा गर्नुपर्ने व्यववस्था छ। तीन वर्ष योगदान गरेका करिब ७०० जना विशेष सापटीका लागि योग्य छन्।
कोषमा प्राप्त श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकमलाई विभिन्न चार योजनामा बाँडिएको छ। एक प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना तथा २८.३३ प्रतिशतलाई वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको छ ।
वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको २८.३३ प्रतिशतलाई विभाजन गरी निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत रकम जम्मा गर्ने गरिएको छ। अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशत योगदानकर्ताले विशेष सापटीका रुपमा पाउने व्यवस्था गरिएको छ।
२०७८ असार मसान्तअगाडि कोषमा सूचीकृत भएका योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने २८.३३ प्रतिशत रकमको ८० प्रतिशत नै विशेष सापटी पाउनेछन्। २०७८ साउनदेखि योगदान गरिरहेका योगदानकर्ताले भने अवकाश योजनाअन्तर्गत जम्मा भएको ८.३३ प्रतिशत रकमको ८० प्रतिशत सापटी पाउने कोषले जनाएको छ। कोषले विशेष सापटी रकममा आठ प्रतिशत ब्याज लिने गरेको छ। विशेष सापटीका लागि अनलाइनबाटै आवेदन दिन सकिने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए।
तीन वर्ष लगातार कोषमा योगदान गरिरहेका र उमेर वा सेवा अवधिका कारण अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताले घर तथा शैक्षिक सापटी प्राप्त गर्न सक्नेछन्। नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न योगदानकर्ताले कोषबाट सापटी लिन पाउने छन्।
धितो मूल्याङ्कनबाट कायम भएको रकममा बढ्ने गरी रु. ७५ लाख, योगदानकर्ताको १५ वर्षको तलब वा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब जुन कम हुन्छ, सोही बराबर घर सापटी प्रदान गर्न सकिने योगदानकर्ता सापटी निर्देशिकामा उल्लेख छ। घर सापटी लिएका योगदानकर्ताले पहिलो किस्ता लिएको बढीमा २० वर्षभित्र सापटी चुक्ता गरिसक्नुपर्ने कोषले जनाएको छ।
२०६७ चैत १७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो। कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो। कोषमा हालसम्म १७ हजार तीन सय २२ रोजगारदाता र तीन लाख ५५ हजार छ सय ७६ योगदानकर्ता सूचीकृत भएका छन्।
दुई लाख ५० हजार बढी योगदानकर्ताले कोषमा नियमित योगदान गरिरहेका छन्। कोषमा हालसम्म रु. २२ अर्ब ३४ करोड सङ्कलन भएको छ। ५३ हजार योगदानकर्ताले विभिन्न सुविधा लिएका छन्। कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा , दुर्घटना सुरक्षा , अशक्तता सुरक्षा, वृद्धावस्था सुरक्षा र आश्रित परिवार सुरक्षा योजना सञ्चालन गरिरहेको छ। रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
