सोमबारदेखी हराइरहेकी हिलारी नेल्सनको शव आज बिहान फेला परेको छ।
काठमाडौँ- विश्वविख्यात स्की आरोही अमेरिकी नागरिक हिलारी नेल्सन मनास्लु हिमालनजिकै मृत फेला परेकी छिन्। ४९ वर्षीया नेल्सन आफ्ना जीवन साथी जिम मरिसनसँग स्की गर्न गएकी थिइन्। विश्वकै आठौँ अग्लो हिमाल मनास्लुमा स्की गर्ने क्रममा उनी भीमाथाङ क्षेत्रबाट हराएकी थिइन्।
मनास्लु बेसक्याम्पबाट हिँडेर भीमाथाङ पुग्न चार दिन लाग्छ। सोमबारदेखि हराइरहेकी उनको शव बुधबार बिहान फेला परेको हो। नेल्सन बेपत्ता भएको खबरपछि उद्दारका लागि चार जना शेर्पाको टोली सो क्षेत्रमा पुगेको थियो। खराब मौसमका कारण हिमाली क्षेत्रमा भिजिबिलिटी कम भएकाले उद्दारमा कठिनाइ भएपछि मंगलबार मात्रै उद्दारका लागि पठाइएको थियो।
हिलारीले मनास्लुमा जानुअघि इन्स्टाग्राममा लामो स्ट्याटस सेयर गरेकी थिइन्। मनास्लु अन्य हिमालजस्तो सहज नभएको र मनमा केही दुविधा रहेको जस्तो झल्को दिने स्ट्याटस लेखेकी थिइन्।
उनले लेखेकी छन्, “पहिलेका साहसिक यात्रामा निस्किँदाजस्तो ढुक्क महसुस गरेकी छैन। आफैँ सुनिश्चत हुन नसकेका कारण केही सातादेखि आफ्ना क्षमतालाई नयाँ ढंगले परीक्षण गरिरहेकी छु। परीक्षणका क्रममा निरन्तरको वर्षा र आद्रताका कारण 'होम-सिक' भएको छ, तर पनि विभिन्न चुनौतीका बीच हिमालबाट शान्ति र प्रेरणा ग्रहण गरिरहेकी छु।"
प्रहरीले मुचुल्का उठाएपछि सम्भवतः आजै शवलाई काठमाडौं ल्याइने पर्यटन विभागका पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले जानकारी दिए। सोमबार नै मनास्लु क्षेत्रमा गएको हिमपहिरोमा परी एक नेपाली आरोही सहयोगीको मृत्यु भएको थियो भने धेरै शेर्पाहरू घाइते भएका छन्। उनीहरूको उद्दारपछि काठमाडौँमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
