सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा बागी उम्मेदवारलाई कारबाही गर्ने सहमति भएको छ।
काठमाडौँ– सत्ता गठबन्धनले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गर्ने निर्णय गरेका छन्।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा बागी उम्मेदवारलाई कारबाही गर्ने सहमति भएको हो। त्यस्तै, बैठकले अहिलेकै गठबन्धनलाई कायम राख्ने सहमति पनि गरेको छ। साथै, गठबन्धनका दलहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्ने भएका छन्।
गठबन्धनको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दाहालनिवास खुमलटार पुगेका थिए। पछि दाहाललाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण पनि दाहालनिवास पुगेका थिए। त्यसपछि मात्रै दाहाल गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार आएका थिए।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछि पहिलोपटक सत्ता गठबन्धनको बैठक बसेको हो। बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री कार्की, माओवादी अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाललगायतका नेताहरू सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
