रवि लामिछानेले यसअघि दार्चुलामा भएका घटनाको स्मरण गर्दै वर्षौंसम्म भारतसँग निरीह हुनुको कारण के होला भन्दै सरकारमाथि प्रश्नसमेत गरेका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित सांसद रवि लामिछानेले भारतसँगको निरन्तरको निरीहता नयाँ पुस्तालाई स्वीकार्य नभएको बताएका छन्। दार्चुला घटनाबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद लाछिमानेले राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेको र यसले अब नयाँ सिराबाट कुरा गर्ने बताएका हुन्।
उनले सोमबार ट्विटरमा लेखेका छन्, "सरकार अब यसरी चल्नु हुँदैन। यो निरन्तरको निरीहताको अर्थ अब खोज्नुपर्छ। नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भइसकेको छ। त्यसैले अब नयाँ सिराबाट कुरा गरौँ। दार्चुलामा भेट्ने हो कि काठमाडौँमा भेट्ने हो कि दिल्लीमा भेट्ने हो तय गरौँ तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।"
महाकालीको बहाव नेपालतर्फ आउने गरी भारतीय पक्षले एकतर्फी रूपमा बनाएको अनधिकृत पक्की संरचनाको प्रतिरोध गर्दा आइतबार महाकाली पारिबाट भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर चार बालबालिकाका घाइते भएका थिए।
उनले यसअघि दार्चुलामा भएका घटनाको स्मरण गर्दै वर्षौंदेखिको भारतसँगको निरीहताको कारण के होला भन्दै प्रश्नसमेत गरेका छन्। भारतीय सीमा सुरक्षाकर्मीले तुइन काट्दा महाकालीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामी, सडक निर्माणका क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर ज्यान गुमाएका ९ वर्षीय पवन महारा र महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी निर्माण गरिएका अनधिकृत पक्की संरचनाको प्रतिरोध गर्दा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गाले लागेर ४ जना बालबालिका घाइते हुँदा पनि सरकार देशले देख्ने गरी बोल्न नसकेको उनको आरोप छ।
"त्यही महाकाली नदीमा तुइन तर्दातर्दै तुइन काटिन्छ, खस्छन् ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा र हराउँछन् सधैँका लागि। त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरँदा गरिएको विस्फोटबाट आएको डुङ्गाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महारा। त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुङ्गाले लागेर घाइते हुन्छन् खेल्दै गरेका ४ जना बालबालिका। तर, यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहीँ कतै देखिँदैन। वर्षौंको यो निरीहताको कारण के होला?" उनले भनेका छन्।
नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन। pic.twitter.com/x6jnpngBlg
— Rabi Lamichhane (@hamrorabi) December 5, 2022
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
