काठमाडौँको स्वयम्भू क्षेत्रमा पनि यसरी नै फोटो खिचेर जीविका चलाउनेहरू भेटिन्छन्। घरखर्चको जोहो गर्ने माध्यम बनेको छ उनीहरूका लागि फोटोग्राफी।
काठमाडाैँ– आज अर्थात् अगस्ट १९ लाई विश्व फोटोग्राफी दिवसका रूपमा मनाइन्छ।
फोटोग्राफी विज्ञान र कलाको संयुक्त स्वरूप हो। विज्ञानद्वारा आविष्कार क्यामेरा र कलात्मक ढंगले यसको प्रयोगबाट सुन्दर फोटोको सिर्जना हुने गर्छ। यसरी क्यामेरामा कला भरेर घरखर्च चलाउनेहरू पछिल्लो समय बढीरहेका छन्। विभिन्न पर्यटकीय क्षेत्रहरूमा पुगेर युवाहरूले यसलाई जीविकाको माध्यम बनाउने गरेका छन्।
काठमाडौँको स्वयम्भू महाचैत्य क्षेत्रमा पनि यसरी नै फोटो खिचेर जीविका चलाउनेहरू भेटिन्छन्। घरखर्चको जोहो गर्ने माध्यम बनेको छ उनीहरूका लागि फोटोग्राफी।

स्वयम्भू महाचैत्य क्षेत्रमा अहिले ५० देखि ६० जनासम्म फोटोग्राफरहरू बस्ने गर्दछन्। बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म त्यहाँ पुग्ने आगन्तुकहरूको फोटो खिच्ने गर्दछन्। प्रति फोटो २० रुपैयाँसम्म लिने उनीहरूको दैनिक आम्दानी १५ सय देखि २५ सय सम्म हुने गर्दछ।
यस क्षेत्रमा आउने आगन्तुकहरूको फोटो खिच्दै आएका सिन्धुलीका रिदम सुनुवार अरु दिनको भन्दा शनिबार राम्रो हुने बताउँछन्। हाल माछापोखरी बस्दै आएका रिदमले ६ महिना अगाडि मात्र स्वयम्भू क्षेत्रमा फोटो खिच्ने काम थालेका हुन्। उनले क्यामेरा भाडामा लिएर काम शुरू गरेको बताए।

"अहिले आफ्नै क्यामेरा छ, यसको कमाइले काठमाडौँको बसाई खर्च काटेर पनि आमाबाबुको लागि घरखर्च पठाउन सकिएको छ," उनले खुसी हुँदै भने।
यस्तै, झापाका २६ वर्षका जेम्स नेम्वाङ चार वर्षदेखि स्वयम्भू क्षेत्रमा फोटो खिच्ने काम गर्दै आएका छन्। स्नातकसम्म पढाइ गरेका उनी निर्धक्कसाथ काँधमा क्यामेरा भिरेर पर्यटकसँग 'फोटो खिच्नुहुन्छ' भनेर सोधिरहन्छन्। उनीहरूको इच्छाअनुसार फोटो खिचिदिन्छन्।

"कोरोना महामारीको समयमा केही असहज भए तापनि अहिले भने काम गरेर खाने राम्रो वातावरण बनेको छ," उनले भने। पहिले होटेल क्षेत्रमा काम गरेका जेम्सको मासिक तलब १५ हजार रुपैयाँ मात्र थियो तर अहिले भने त्यति कमाइ एक हप्तामै हुने उनले सुनाए।

यहाँ फोटो खिचेर बस्ने सबैसँग आफ्नै क्यामेरा छैन। कतिले अरुबाट भाडामा ल्याउँछन्। कमाइको केही हिस्सा क्यामेरा धनीलाई दिन्छन् र बाँकी आफैँ राख्छन्। सुदूरपश्चिम बैतडीका सुरज चन्दले दैनिक कमाइको आधा–आधा बाँड्ने गरी क्यामेरा ल्याएको बताए।
"यस कामबाट पूर्ण सन्तुष्ट छु। कमाइको केही रकम आमाबुवाका लागि छुट्याउँछु, बाँकी आफ्ना लागि राख्छु," आशावादी सुनिए सुरज।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
