इंग्लिस प्रिमियर लिग: चेल्सीलाई हराउँदै सिटीको विजयी शुरूआत

साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जितसहित शानदार शुरूआत गरेको छ।

काठमाडाैँ– साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जितसहित शानदार शुरूआत गरेको छ।

आइतबार राति स्ट्यामफोर्ड ब्रिजमा भएको पहिलो खेलमा सिटीले घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा एर्लिङ हालान्ड र माटेओ कोभासिचले गोल गरे।खेलको १८औँ मिनेटमै सिटीले अग्रता लिएको थियो। बर्नार्डो सिल्भाको पासमा नर्वेका हालान्डले डिफेन्डर मार्क कुकुरेला र वेस्ले फोफानाको जोडीलाई बिट गर्दै गोल गरे। 

यस्तै, चेल्सीका पूर्वमिडफिल्डर कोभासिचले खेल सकिन ६ मिनेट बाँकी छँदा अर्को गोल थप्दै जित सुनिश्चित गरे। 

आइतबार राति नै भएको अर्को खेलमा ब्रेन्ट फोर्डले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गर्‍यो।