कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पूर्व विजेताहरू इङ्ल्यान्ड र फ्रान्स भिड्ने भएका छन्।
काठमाडाैँ– कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पूर्व विजेताहरू इङ्ल्यान्ड र फ्रान्स भिड्ने भएका छन्।
अल बेयत स्टेडियमा आइतबार राति सम्पन्न चौथो प्रि-क्वार्टरफाइनल खेलमा अफ्रिकी च्याम्पियन सेनेगललाई ३-० ले हराउँदै इङ्ल्यान्डले फ्रान्ससँगको भेट पक्का गरेको हो।
यस वर्ष अफ्रिकन कपको उपाधि सेनेगलको टोलीले जितेको थियो। सेनेगल बलियो टोलीका रूपमा कतार झरेको थियो। तर, स्टार स्ट्राइकर साडियो माने बाहिरिएपछि सेनेगललाई ठूलो धक्का लाग्यो। उनको चोटका बाबजुद पनि सेनेगल टोलीले प्रभावशाली प्रदर्शन गर्दै प्रि-क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेकाे थियाे।
इङ्ल्यान्डविरुद्ध पहिलो हाफमा सेनेगलले उत्कृष्ट खेल देखाए पनि दुई गोल खाएपछि टोलीको मनोबल खस्कियो। ठूलो खेलमा अनुभवी मानेको अभाव खड्किएको देख्न सकिन्थ्यो। इङ्ल्यान्डको जितमा कप्तान ह्यारी केन, उपकप्तान जोर्डन हेन्डरसन र युवा स्टार बुकायो साकाले गोल गरे।
अब इङ्ल्यान्डले क्वार्टरफाइनलमा साविक विजेता फ्रान्ससँग खेल्नेछ। इङ्ल्यान्डका लागि अनुभवी मिडफिल्डर जोर्डन हेन्डरसनले पहिलो गोल गरे। उनले ३८औँ मिनेटमा जुडे बेलिङह्यामको पासमा टोलीका लागि पहिलो गोल गरेका थिए। पहिलो हाफको इन्ज्युरी समय कप्तान ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाए।
उनले फिल फोडेनको पासमा गोल गरे। जारी विश्वकपमा उनको यो पहिलो गोल हो। विश्वकप इतिहासमा केनको यो सातौँ गोल हो। सेनेगलविरुद्ध हाफ टाइमपछि पनि इङ्ल्यान्डले आक्रमण जारी राखेको थियो। ५७औँ मिनेटमा इङ्ल्यान्डका लागि बुकायो साकाले तेस्रो गोल गरे। यो विश्वकपमा साकाको तेस्रो गोल हो।
जारी विश्वकपमा इङ्ल्यान्डले आफ्नो गोल संख्या १२ पुर्याएको छ। इङ्ल्यान्डले चार वर्ष अगाडि रसियामा आयोजना भएको विश्वकपमा पनि १२ गोल गरेको थियो। चार वर्ष अगाडि रसियामा आयोजना भएको विश्वकपमा इङ्ल्यान्ड चौथो भएको थियो।
इङ्ल्यान्ड यसअघि सन् १९५४, १९६२, १९६६, १९७०, १९८६, १९९०, २००२, २००६ र २०१८ मा क्वार्टरफाइनलमा पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
