साविक विजेता फ्रान्स पाेल्यान्डलाई ३–१ गाेलअन्तरले पराजित गर्दै कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
काठमाडाैँ– साविक विजेता फ्रान्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अल थुमामा स्टेडियममा आइतबार सम्पन्न प्रि-क्वार्टरफाइनलमा पोल्यान्डलाई ३-१ गोलअन्तरले हराउँदै फ्रान्स नवौँ पटक अन्तिम ८ मा पुगेकाे हाे। फ्रान्स पछिल्लो पटक सन् १९३४ मा प्रि-क्वार्टरफाइनलमा पराजित भएको थियो।
यता, पोल्यान्ड सन् १९८२ यता क्वार्टरफाइनलमा पुग्न सकेन। फ्रान्सका लागि खेलको ४४औँ मिनेटमा ओलिभर जिरूडले पहिलो गोल गरेका थिए। युवा स्टार केलियन एमबाप्पेले दिएको पासमा उनले बललाई गोलपोस्टको दिशा देखाए। यो गोलसँगै उनी फ्रान्सका लागि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले थियरी हेनरीको ५१ गोलको रेकर्ड तोडेका छन्।
फ्रान्सका लागि हेनरीले १२३ खेलमा ५१ गोल गरेका थिए। जिरूडले ११८ खेलमा ५२ गोल गरेका छन्। एन्टेनियो ग्रिजम्यान फ्रान्सका लागि तेस्रो सर्वाधिक गोलकर्ता हुन्। उनले ११२ खेलमा ४२ गोल गरेका छन्। यसका साथै जिरूड सन् १९९० को विश्वकपपछि गोल गर्ने सबैभन्दा पाको खेलाडीसमेत बनेका छन्। जिरूडले ३६ वर्ष ६५ दिनमा विश्वकपमा गोल गरेका हुन्।
सन् १९९० को विश्वकपमा क्यामरूनका रोजर मिल्लाले अन्तिम-१६ मा कोलम्बियाविरूद्ध गोल गरेका थिए। त्यतिबेला उनको उमेर ३८ वर्ष ३४ दिन थियो। ७४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाए। जिरूडको पासमा ओस्मान डेम्बेलेले बल एमबाप्पेतर्फ डेलिभर गरेका थिए। एमबाप्पेले केही समय लिएर बल सिधैँ गोलपोस्टमा प्रहार गरे।
९१औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे। मार्कस थुरामको पासमा उनले गोल गरेका थिए। जारी विश्वकपमा उनको यो पाँचौ गोल हो। सर्वाधिक गोल गर्नेमा उनी अर्जेन्टिनाका लिओनल मेस्सी (तीन)भन्दा अगाडि छन्। एमबाप्पेको विश्वकप इतिहासमा यो आठौं गोल हो। उनी २४ वर्ष मुनिका ९ गोल गर्ने पहिलो खेलाडी बने। उनले ब्राजिलका महान् पूर्वफुटबलर पेलेलाई पछाडि पारेका छन्। पेलेले २४ वर्षसम्म ७ गोल गरेका थिए।
पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले एक मात्र गोल गरे। दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा उनले पेनाल्टीमा गोल गर्ने मौका पाएका थिए। उनी पहिलो प्रयासमा असफल भए पनि फ्रान्सेली खेलाडीको गल्तीका कारण रेफ्रीले उनलाई पुन: पेनाल्टी लिन भनेका थिए।
यस पटक लेवान्डोस्कीले गोल गरे। विश्वकपमा उनको यो दोस्रो गोल हो। चार वर्ष अगाडी रसियामा सम्पन्न विश्वकपको क्वार्टरफाइनलमा फ्रान्सले उरूग्वेलाई २-० ले हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
