प्रतियोगिता जुलाई १ देखि १३ सम्म आयोजना हुने साफले जनाएको छ।
सन् २०२३ मा आयोजना हुने साफ यू-१९ पुरुष फुटबल प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार २०२३ को वार्षिक खेल तालिका सार्वजनिक गर्दै यू-१९ पुरुष फुटबल प्रतियोगिताको आयोजनाको अधिकार नेपाललाई दिएको हो।
उक्त प्रतियोगिता जुलाई १ देखि १३ सम्म आयोजना हुने साफले जनाएको छ। यता, साफ यू-२० महिला फुटबल प्रतियोगिता भने बंगलादेशले आयोजना गर्ने भएको छ। यस्तै, यू-१७ महिला फुटबल आयोजनाको अधिकार पनि बंगलादेशले नै पाएको छ।
यू-२० महिला फुटबल प्रतियोगिता ३ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म आयोजना हुने छ। यू-१७ महिला फुटबल प्रतियोगिता भने २० मार्चदेखि ३१ मार्चसम्म बंगलादेशमा आयोजना हुनेछ।
साफ यू-१६ महिला फुटबल प्रतियोगिताको आयोजना भने भुटानले गर्ने भएको छ। उक्त प्रतियोगिता १ सेप्टेम्बरदेखि १३ सेप्टेम्बरसम्म आयोजना हुनेछ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
