ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

ब्राजिलको दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडेको भोपस एयरलाइन्सको टर्बोप्रप विमान भिन्हेडो शहरमा खसेको छ। 

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ। विमान रहेका ५७ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको बीबीसीले जनाएको छ। 

दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडेको दुई इन्जिन भएको भोपस एयरलाइन्स टर्बोप्रप विमान भिन्हेडो शहरमा खसेको हो। 

विमान आवासीय भवनको कम्पाउन्डमा खसेको थियो। सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिएको छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवार प्रति समवेदना व्यक्त गरेका छन्।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोक घोषणा गरेका छन्।