माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

नयाँ सरकार गठनका बारेमा छलफल गर्न आइतबार दिउँसाे २ बजे माओवादी पदाधिकारी बैठक बस्दैछ।

काठमाडाैँ– सत्तारुढ दल माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। 

आइतबार दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नयाँ सरकार गठनका बारेमा छलफल हुनेछ। त्यस्तै गत निर्वाचनको समीक्षा हुने बताइएकाे छ। यसअघि शनिबार बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको थियो।

आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ।