हरियो अकबरे प्रतिकिलो २५० रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ। इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले बारीमै आएर लैजाने गरेका छन्।
फिक्कल– इलामको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरूको मुख ताक्नुपरेको छैन। आफ्नै बारीमा गरेको अकबरेको खेतीबाट घरखर्च चलेको छ।
मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती शुरू गरेका कार्कीले वार्षिक १५ लाख आम्दानी हुने गरेको बताए। “गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलो पटक नै प्रशस्त आम्दानी भयो,” कार्कीले भने, “प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु।”
यो वर्ष पाँच हजार बोट अकबरे रोपेका छन्। आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती विस्तार गरेका छन्। “दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सानी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर पाकेको भने सातामा दुई पटक टिप्न मिल्छ, एक हजार बोटबाट पहिलो पटक ३० र दोस्रो खेपमा २० किलोसम्म उत्पादन हुन्छ,” कार्कीले भने।
हरियो खुर्सानी प्रतिकिलो २५० रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ। यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
