पेलेका शरीरका धेरै अंगले काम गर्न छाडिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
काठमाडाैँ– ब्राजिलका पूर्वलिजेन्ड फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेकाे छ। उनलाई सामान्य चेकजाँचका लागि साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो।
तर, स्वास्थ्यमा सुधार नआएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्। जसका कारण उनलाई प्यालिएटिभ केयरमा सारिएको छ। यसलाई इन्ड अफ लाइफ केयर पनि भनिन्छ। चिकित्सकका अनुसार पेलेका शरीरका धेरै अंगले काम गर्न छाडिसकेको छ।
किमोथेरापीले पनि उनको स्वास्थ्यमा कुनै सुधार हुन नसकेको चिकित्सकले बताएका छन्। पेले क्यान्सरसँग लडिरहेका छन्। अस्पताल भर्ना भएपछि उनको अवस्था गम्भीर रहेको सामाचार निरन्तर प्रकाशित भएका थिए। तर, उनकी छोरी केली नासिमेन्टोले उनको अवस्था चिन्ताजनक नरहेको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएकी थिइन्।
कतार विश्वकप आयोजकले पेलेको लागि प्रार्थना गर्दै दोहाको एउटा भवनमा लेजर लाइटमार्फत् उनको तस्बिर देखाउँदै लेखेका थिए– छिट्टै निको हुनुहोस्। पेलेले ब्राजिललाई तीन पटक विश्व च्याम्पियन बनाएका थिए। उनको नेतृत्वमा ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो।
सन् १९५८ को विश्वकपको फाइनलमा सुडानविरूद्ध उनले दुई गोल गरेका थिए। पेलेले आफ्नो व्यावसायिक करियरमा कुल एक हजार ३६३ खेल खेलेका छन् र १ हजार २८१ गोल गरेका छन्। उनले ब्राजिलका लागि ९१ खेलमा ७७ गोल गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
