अध्यक्ष नेपाल र उपसभापति खड्काबीचको भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको खड्काको सचिवालयले जानकारी दिएको छ।
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।
अध्यक्ष नेपालको निवास कोटेश्वरमा शनिबार भएको भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिएका थिए। भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको उपसभापति खड्काको सचिवालयले जानकारी दिएको छ।
त्यस अवसरमा वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरू दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको बताइएको छ। यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपसभापति खड्काबीच पनि भेटवार्ता भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
