मंगलबार बिहान २–३ बजे पहिरो खसेको हो। वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
भारतको केरलामा मंगलबार पहिरोमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाले जनाएअनुसार केरलाको बाइनाड क्षेत्रमा आएको उक्त पहिरोमा दर्जनौँ मानिस पुरिएका छन्।
मंगलबार बिहान २–३ बजे पहिरो खसेको हो। अहिले उद्धार कार्य जारी छ। एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर उद्धार कार्यमा संलग्न छन्। तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। मोदीले त्यहाँका मुख्यमन्त्री पिनाराई विजयनसँग पनि कुराकानी गरेका छन्। प्रधानमन्त्री कार्यालयले पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई जनही २ लाख रुपैयाँ दिने तथा घाइतेलाई ५० हजार रुपैयाँ दिने जनाएको छ।
राष्ट्रपति द्रौपदी मुर्मुले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभ र उद्धार कार्यको सफलताको कामना गरेकी छन्।
वायनाडका सांसद राहुल गान्धीले सामाजिक सञ्जालमा लेखेका छन्, "म वायनाडमा पहिरोबाट दुःखी छु। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति म दुःख व्यक्त गर्दछु। अझै पनि फसेकाहरुको छिट्टै सकुशल उद्धार हुने विश्वास लिएको छु।"
केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ। केरलाको विपद व्यवस्थापन विभागले ३० जुलाइको लागि वायनाड, कोझिकोड, मलाप्पुरम, कन्नूरमा 'रेड अलर्ट' जारी गरेको थियो। केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ।
यी क्षेत्रमा २४ घण्टामा २०४ मिलिमिटर वर्षा भएको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलाका केही अन्य क्षेत्रमा 'अरेन्ज' र 'एलो अलर्ट' जारी गरिएको छ।
वायनाड केरलाको पहाडी क्षेत्र हो र यहाँ ठूलो संख्यामा पर्यटकहरू आउने गर्छन्। यस क्षेत्रमा विगतमा पनि धेरै पहिरो खसेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
