मदन पुरस्कार गुठीले मंगलबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो।
काठमाडाैँ– मदन पुरस्कार २०८० को श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले मंगलबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३०४ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो। यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ।
छनोटमा परेका कृतिमा भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको संयुक्त लेखन रहेको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ अन्तिम सूचीमा परेका हुन्।
२०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ले प्राप्त गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
