मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय किशोरीलाई २०७९ पुस २० गते भारतको दिल्लीबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो।
मलेखु– भारतमा लगेर १६ वर्षीया बालिकालाई बेचबिखनको प्रयास गर्ने समूहलाई मानव बेचबिखन तथा ओसारपासार र संगठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ।
दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये पाँच जनालाई कसुर कायम गर्दै कैद, जरिबाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार फैसला गरेको हो। अन्य तीन जनाले भने सफाइ पाएका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की २९ वर्षीया गीता न्यौपाने, काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ का ३२ वर्षीया कविता बानियाँ (आचार्य) र सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँ पालिका–२ की ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिबाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन फैसला भएको अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए।
यसैगरी, अदालतले त्रिपुरासुन्दरी –१ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी –३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५/१५ वर्ष कैद र एक/एक लाख जरिबाना गर्ने फैसला गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय नेपाली किशोरीको २०७९ पुस २० गते भारतको दिल्लीबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो। मामाघरमा बसेर अध्ययन गर्दै आएकी किशोरी २०७९ मंसिर १५ गतेदेखि घर परिवार आफन्तको सम्पर्कमा नआएपछि उनको खोजतलास लागि प्रहरीलाई लिखित निवेदन दिइएको थियो।
बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुशी भएमा अथाह पैसा पाउने भनी बालिकालाई प्रलोभन देखाएर भारत पुर्याएको अनुसन्धानबाट खुलेको छ। मामाघरमा बस्दै आएकी बालिकालाई भारत पुर्याउन उनकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ।
बालिकालाई २०७९ माघ २२ गते मुख्य तान्त्रिकलाई बुझाउने तयारी भइरहेको अवस्थामा बालिकाको उद्धार गरी स्वदेश ल्याइएको थियो। किशोरीलाई दिल्ली पुर्याएपछि घटनामा संलग्न पाँच जना एक महिना अघि नै नेपाल फर्केका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
