नेप्से परिसूचक २९.२१ अंकले बढ्यो, ७ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक २९.२१ अंकले उकालो लागेर २२०४.६१ को विन्दुमा पुगेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक २९.२१ अंकले उकालो लागेर २२०४.६१ को विन्दुमा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.९० अंकले उकालो लागेर ३९१.६६ मा पुगेको छ।

नेप्सेका अनुसार कुल दुई करोड दुई लाख ३७ हजार ७८० कित्ता शेयर सात अर्ब आठ करोड ६ लाख ९८ हजार १४६ मूल्यमा कारोबार भएको छ।

बलेफी हाइड्रोपावर ९.९९, सिटिजन सुपर ३० म्युचुअल फन्ड ९.९७, एनआइबिएल स्टेबल फन्ड ९.८३, जानकी फाइनान्स ८.७६ र सिटिजन म्युचुअल फन्ड दोस्रोका लगानीकर्ताले ७.८२ प्रतिशतले कमाएका छन्। 

समाज लघुवित्त ४.५९, साधना लघुवित्त ४.५६, एनएमबी–५० ४.१३, सेन्चुरी डिबेन्जर ३.९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाएका छन्।