स्पेनलाई हराउँदै जापान नकआउट चरणमा

स्पेनमाथि सनसनीपूर्ण जित निकाल्दै जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

तस्वीर : फिफा

काठमाडौँ– स्पेनमाथि सनसनीपूर्ण जित निकाल्दै जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

कतारको खालिफा रंगशालामा स्पेनलाई २–१ गोलले पराजित गर्दै जापानले अन्तिम १६ मा स्थान बनाएको हो। जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे ।

स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए। खेलमा स्पेनले शुरूआती अग्रता बनाए पनि जापानले दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गरेको थियो।