३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडिसम्म विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो। तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको संख्या भने दुईमा झरेको छ।
ढोरपाटन– बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन्। एकजना कक्षा एक र एकजना कक्षा तीनमा अध्ययन गर्छन्। कक्षा दुईमा विद्यार्थी नै छैनन्।
स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेको प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए। गत शैक्षिक सत्रमा तीनजना थिए। २०७८ सालमा ११ जना विद्यार्थी थिए। २०७९ मा त्यो संख्या १० जनामा झर्यो।
विद्यालय २०४६ सालमा स्थापना भएको हो। प्रअ अधिकारीका अनुसार विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एकजना कार्यालय सहयोगी कार्यरत छन्। बर्सेनि विद्यार्थीको संख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ। ३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडिसम्म विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो। तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको संख्या निकै कम भएका छन्।
धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारीले बताए। “विद्यार्थी कम हुँदा नैराश्य छाएको छ। पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन्। भएका पनि शहर जाने प्रचलन बढेको छ,” उनले भने, “जागिर खान यहाँ आइयो विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ।”
खासगरी यस गाउँका स्थानीय बसाइँसराइ गरी चितवन, रुपन्देही गएका छन्। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको तर धेरै विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको बताए। नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति लिएको छ। “नगर शिक्षा ऐन बनाएर दरबन्दी मिलान अगाडि बढाएको, विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढेको छ। विद्यालय समायोजनपछि नगरपालिकाले सञ्चालन गरेको ‘लिड’ विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा प्राप्त हुनेछ,” उनले भने।
जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गर्ने जानकारी दिए। अहिले नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने, कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरिसकेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
