माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री बालकृष्ण खाँणसँग सीके राउतले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग जनमत पार्टीका अध्यक्ष सीके राउतले भेटवार्ता गरेका छन्। बिहीबार दाहाल र राउतबीच भेटवार्ता भएको हो।
दाहाललाई भेट्न राउत उनकै निवास ललितपुरको खुमलटार पुगेका थिए। उनीहरूबीच शुभकामना आदानप्रदान भएको दाहालकी स्वकीय सचिव गंगा दाहालले जनाइन्। दाहाल गोरखा-२ बाट र राउत सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका हुन्।
त्यस्तै, राउतले गृहमन्त्री बालकृष्ण खाँणलाई पनि भेटेका छन्। बिहीबार साँझ पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि बिहीबार दिउँसो नै राउतले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। बालुवाटारमा भएको भेटवार्तामा उनीहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल गरेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
