पछिल्लो ११ महिनाको अवधिमा साढे ५ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्।
काठमाडौँ– सन् २०२२ को ११ महिनामा करिब साढे ५ लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा ५ लाख ४६ हजार २१६ पर्यटकले नेपाल घुमेका हुन्।
नोभेम्बरमा ७२ हजार ६५३ जना विदेशी पर्यटकले नेपाल घुमेको बोर्डको तथ्यांक छ। सबैभन्दा धेरै भारतबाट २० हजार ५३२ पर्यटक नेपाल आएका छन्।
सार्क सदस्य राष्ट्रबाट कुल २४ हजार ५९९ र युरोपबाट १७ हजार २२९ पर्यटक नेपाल घुम्न आएको बोर्डले जनाएको छ। यसअघि गत अक्टोबरमा कोरोना महामारीपछिकै सबैभन्दा धेरै ८८ हजार ५८२ विदेशी पर्यटकले नेपाल घुमेका थिए।
जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४ र सेप्टेम्बरमा ५८ हजार ३१४ पर्यटक नेपाल आएको विभागको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
