एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत उत्तीर्ण

परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन्। १८६ जनाले ४ जीपीए ल्याएका छन्।

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। 

बिहीबार बिहान सात बजे बसेको बोर्ड बैठक सकिएपछि नतिजा सार्वजनिक गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत उत्तीर्ण भएका छन्। १८६ जनाले ४ जीपीए ल्याएका छन्।

दुई लाख ४२ हजार ९२ जना (एनजी) फेल भएका छन्। अध्यक्ष शर्माका अनुसार २२१ जनाको परीक्षा रद्द गरिएको छ। लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २६.२५ अंक अनिवार्य ल्याउनैपर्ने अन्यथा अनुत्तीर्ण भएको ‘एनजी’ उल्लेख गरिएको ग्रेडसिट तयार गरिएको छ। 

चैत १५ शुरू भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।