बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ को विन्दुमा कायम भएको हो।
आज ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर ५४ हजार ७९३ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ८० लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। वित्त, म्युचुअल फन्ड र व्यापारबाहेक अरू सबै समूहको उपसूचक घटेका छन्। वित्त समूह ०.४५, म्युचुअल फन्ड ०.१४ र व्यापार समूह ०.२२ प्रतिशतले बढेको हो। सबैभन्दा धेरै विकास बैंक समूह १.०३ प्रतिशतले घटेको छ। बैंकिङ ०.६५, होटल तथा पर्यटन ०.२९, जलविद्युत् ०.५८, लगानी ०.९१ र जीवन बीमा ०.६१ प्रतिशतले घटेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ०.१६, लघुवित्त ०.४८, निर्जीवन बीमा ०.३४ र अन्य समूह ०.५८ प्रतिशतले घटेको छ। आजको कारोबारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य नौ.५५ र शिवश्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७.२६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.३८ र हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ५.२५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको १६ करोड ४६ लाख १८ हजार ८३० रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै गुडविल फाइनान्स लिमिटेडको दुई लाख ४६ हजार ५४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
