नेप्से परिसूचक ५.६० अंकले बढ्यो

ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ को विन्दुमा कायम भएको हो।

यस दिन ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर ६० हजार ८५८ पटक खरिदबिक्री हुँदा चार अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बैंकिङ समूह ०.४६, वित्त समूह २.१५, निर्जीवन बीमा ०.२२, व्यापार ०.१८ र अन्य समूह ०.०१ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। विकास बैंक समूह ०.३२, होटल तथा पर्यटन १.१२, जलविद्युत् १.१८, लगानी १.७०, जीवन बीमा ०.५५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.३४ र लघुवित्त ०.४२ प्रतिशतले बढेको छ।

ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै १४ करोड ८३ लाख आठ हजार १६ रुपैयाँ बराबरको दुई लाख २४ हजार ९९२ रुपैयाँ बराबरको कारोबार भएको छ।