सोमबार नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीयको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ को विन्दुमा कायम भएको छ।
सोमबार ३२२ कम्पनीको एक करोड सात लाख सात हजार ८७८ कित्ता शेयर ६६ हजार ५१९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार ११६ बराबरको कारोबार भएको हो।
सोमबारको कारोबारमा विकास बैंक १.५६, वित्त २.११, जलविद्युत् ०.१९, लघुवित्त १.३६ र म्युचुअल फन्ड ०.५१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.२९, होटल तथा पर्यटन ०.२१, लगानी ०.२५, जीवनबीमा ०.१८, उत्पादन तथा प्रशोधन ०.२२, निर्जीवन ०.०९ र व्यापार समूह ०.४३ प्रतिशतले घटेको छ।
नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७.१ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोमबार सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २४ करोड ३२ लाख १८ हजार ४९५ बराबरको तीन लाख ६४ हजार ६९५ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
