स्वास्थ्य केन्द्रको संगठन संरचनामा असमान भएको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। उनीहरूले तत्काल माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
काठमाडौँ- हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ।
मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो।
२०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको संघको भनाई छ। लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूमाथि मानमर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ।
मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए। उनले यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको बताए।
उनले भने – ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७९/०६/०४ गतेको माननीय मन्त्रीस्तरीय निर्णय अनुसार स्थानीय तहमा रहने आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन मात्र नभई योग्यताकै धज्जी उडाउँदै संवैधानिक निकाय लोकसेवा आयोगको प्रक्रियालाई समेत चुनौती हुनेगरी एकेडेमिक कोर्स अध्ययन गरी माथिल्लो तहमा लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूको मानमर्दन हुने केही निहित स्वार्थ बोकेका व्यक्तिहरूको खल्तीबाट आएको भन्नेमा कुनै शंका छैन।’
उनले सो संगठन संरचनात्मक दरबन्दी २४ घण्टाभित्र फिर्ता गरी सर्वपक्षीय छलफलबाट विद्यमान नीति, नियम र कानूनसम्मत हुनेगरी स्वास्थ्य प्रणाली सुधार गर्न माग गरे। ‘यसले योग्यता र लोकसेवा प्रक्रियाबाट सेवा प्रवेश गर्ने लगायत उपर अत्याचार हुने हाम्रो ठहर छ र उक्त निर्णयप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने।
ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले संघको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले यस विषयमा छलफल गर्ने र त्रुटि भएको ठाउँमा सच्याउने आश्वासनसमेत दिए। उनले भने, ‘यहाँहरूले भने अनुसारको के रहेछ, हामी गम्भीर ढंगले बसेर छलफल गर्नेछौँ। त्यसलाई केलाउने छौँ। त्रुटि भएको रहेछ भने सच्याइनेछ। बुझाइमा तलमाथि भएको रहेछ भने बुझाबुझ गरौँला। ध्यानाकर्षण गराउनुभयो हामी छलफल गर्छौं।’
संघले आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
