पाेर्चुगलले समूह चरणको आफ्नो अन्तिम खेल शुक्रबार एशियाली राष्ट्र दक्षिण कोरियासँग खेल्दै छ। उक्त खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल्नेमा शंका रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।
काठमाडाैँ– पोर्चुगल कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। अब उसले समूह चरणको आफ्नो अन्तिम खेल शुक्रबार एशियाली राष्ट्र दक्षिण कोरियासँग खेल्दै छ।
उक्त खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल्नेमा शंका रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। उनी बुधबार अभ्यास सत्रमा सहभागी भएका थिएनन्। उनले यो विश्वकपमा दुई खेलमा एक गोल गरेका छन्।
पोर्चुगल फुटबल महासंघका अनुसार रोनाल्डोले अभ्यास गर्नु पर्दैन। उनी रिकभरीमा विशेष रूपमा व्यस्त थिए। घानाविरूद्धको पहिलो खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए। पोर्चुगलले आफ्नो दोस्रो खेलमा उरूग्वेलाई २–० ले हराएर अन्तिम १६ मा पुगेको थियो।
यसक्रममा रोनाल्डोले एक गोल दावी गरे पनि बललाई उनले छुन सकेनन्। गोल उनका साथी ब्रूनो फर्नान्डिसको नाममा दर्ता भएको थियो। शुक्रबार दक्षिण कोरियाविरूद्धको अंकले उसलाई शीर्ष स्थानमा राख्न सक्छ। यदि घानाले खेल तीन गोलको अन्तरले जित्यो भने पोर्चुगिज टोली उपविजेता बन्ने छ।
२१ वर्षीय स्ट्राइकर गोन्जालो रामोस पोर्चुगलको प्रशिक्षण सत्रमा अभ्यास गरिरहेका थिए। उनले रोनाल्डोको अनुपस्थितिमा खेल्न सक्छन्। बुधबार रोनाल्डो र साउदी अरबको क्लब अल-नासरसँग सम्बन्धित समाचार बाहिर आएको थियो। साउदी क्लबले उनलाई साढे दुई वर्षका लागि टोलीमा आबद्ध गर्ने प्रस्ताव पठाएको बताइएको छ।
स्पेनिस पत्रिका मार्काका अनुसार रोनाल्डोलाई ५० करोड डलरको अफर गरिएको छ। रोनाल्डोले सम्झौतामा हस्ताक्षर गरेमा उनले प्रत्येक सिजनका लागि २० करोड डलर पाउनेछन्।
रोनाल्डो आफ्नो पूर्वटोली म्यानचेस्टर युनाइटेडले गत हप्ता आफ्नो सम्झौता खारेज गरेपछि नयाँ टोलीको खोजीमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
