नासाको डार्ट मिसन सफल, पृथ्वीमा ठोकिने सम्भाव्य ग्रहमा प्रहार गर्न सकिने

नासाले डार्ट मिसनअन्तर्गत एक क्षुद्रग्रहसँग एक यानलाई सफलतापूर्वक ठोक्काएको छ। कुनै ग्रह पृथ्वीसँग ठोकिन आए प्रतिरक्षा गर्न परीक्षण गरिएको नासाले जनाएको छ।

अमेरिकी अन्तरीक्ष निकाय नासाको डार्ट मिसन सफल भएको छ। भविष्यमा कुनै पनि ग्रह पृथ्वीसँग ठोकिन आए कसरी प्रतिरक्षा गर्ने भनी परीक्षणका लागि नासाले गरेको 'डबल एस्टोरोइड रिडाइरेक्सन टेस्ट ( डार्ट) सफल भएको हो।

डार्टमा एक क्षुद्रग्रहसँग अन्तरीक्ष यानलाई सफलतापूर्वक ठोक्काइएको छ। डार्टको क्यामराले क्षुद्रग्रह यानको निशानामा परेदेखि ठोकिँदासम्मका हरेक सेकेन्डका फोटोहरु पठाएको छ। डार्टले जुन १६० मिटर फिराकिलो डिमोर्फस नामक क्षुद्रग्रहलाई निशाना बनाएको थियो।

डार्टमा विश्वकै अत्याधुनिक टेलिस्कोप प्रयोग गरिएको थियो। नासाको यो पहिलो ग्रह प्रतिरक्षात्मक परीक्षण मिसन हो। 

पृथ्वी कुनै ग्रहसँग ठोकिने जोखिम भए प्रतिरक्षा गर्न सकिने एउटा उपाय प्रमाणित भएको छ। पृथ्वीको प्रतिरक्षाका थप उपायबारे वैज्ञानिक अध्ययन जारी रहेको नासाले जनाएको छ। एजेन्सी