२०५९ सालदेखि दिन थालिएको सम्मान गोरखापत्र संस्थानको ५७औँ वार्षिकोत्सवका अवसरमा समालोचक प्राडा वासुदेव त्रिपाठीको उपस्थितिमा प्रदान गरिएको हो।
काठमाडौँ– यस वर्षको ‘मधुपर्क सम्मान-२०८१’ प्रा कृष्ण गौतम (आख्यान र समालोचना) र मञ्जु काँचुली (पद्य) तथा ‘मधुपर्क प्रतिभा सम्मान-२०८१’ साहित्यकार किशोर पहाडीलाई प्रदान गरिएको छ। २०५९ सालदेखि दिन थालिएको सम्मान गोरखापत्र संस्थानको ५७औँ वार्षिकोत्सवका अवसरमा बुधबार समालोचक प्राडा वासुदेव त्रिपाठीको उपस्थितिमा प्रदान गरिएको हो।
सम्मानित स्रष्टालाई सम्मानपत्र र जनही ५० हजार रुपैयाँ नगदसमेत प्रदान गरिएको छ। कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा त्रिपाठीले ‘गोरखापत्र’ र ‘मधुपर्क’ले नेपाली साहित्यमा ठूलो योगदान पुर्याएको बताउँदै पछिल्लो साहित्यिक पत्रिका आद्योपान्त पठनीय सामग्रीयुक्त भएको र यसले पाठकको स्तर पनि उकासेको बताए।
कार्यक्रमको दोस्रो चरणमा प्राडा दयाराम श्रेष्ठ र सीता पाण्डे (आख्यान) र प्राडा लक्ष्मणप्रसाद गौतम र श्यामल (पद्य) ले सहभागीसँग छलफल गरेका थिए। सो अवसरमा प्राडा श्रेष्ठले आख्यान खासगरी नेपाली कथा लेखनलाई रातो, निलो, पहेँलो आदि रङका माध्यमबाट विश्लेषण गरे। कथाकार पाण्डेले विदेशमा बसेर पनि आफूहरूले नेपाल र नेपाली साहित्यमै चिन्तन गरिरहेको जनाइन्।
त्यस्तै, प्राडा गौतमले नेपाली कविताले समय, समाज र मान्छेबारे बोले पनि त्यसको शाश्वतीकरण भने हुन नसकेको विचार राखे। कवि श्यामलले आजकलका नेपाली समालोचक ११३ शब्दमै रुमल्लिएको र परम्परावादी मात्र भएको धारणा राखे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
