इरानी जनताले विश्वकपमा आफ्नो देशको फुटबल टोली अमेरिकासँग पराजित हुँदा खुसीयाली बनाएका छन्।
काठमाडौँ– कतार विश्वकपअन्तर्गत मंगलबार राति सम्पन्न समूह ‘बी’को तेस्रो तथा अन्तिम खेलमा अमेरिकासँग एशियाली राष्ट्र इरान १-० गोल अन्तरले पराजित भयो।
अन्तिम १६ मा पुग्नका लागि निर्णायक मानिएको खेलमा इरानलाई बराबरीको नतिजा नै पर्याप्त थियो। तर, क्रिस्टियन पुलिसिचको निर्णायक गोलमा अमेरिकाले जित हात पार्यो र समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान पक्का गर्यो।
सामान्यतया आफ्ना देशको टोली हार्दा समर्थकहरू दुःखी हुन्छन्। तर, यसपटक इरानका समर्थकहरूले दुःखी हुनुको साटो उत्सव मनाए। रेफ्रीले खेल सकेको संकेत गर्दै सिट्ठी फुकेसँगै इरानका समर्थक घरबाहिर निस्किएर सडकमा उत्सव मनाउन थाले। इरानको पराजयपछि टिमका समर्थकले खुसी मनाएको भिडियो सामाजिक सञ्जालमा 'भाइरल' भइरहेको छ।
Surreal: Fireworks reportedly from Saqqez #Iran tonight celebrating US win over Iranian team at World Cup. Saqqez is #MahsaAmini’s hometown, the woman whose death has sparked mass protests against regime pic.twitter.com/1qoXxmBkfK
इरानमा सरकारविरुद्ध लगातार विरोध प्रदर्शन भइरहेका छन्। इरानका जनता सरकारसँग निकै आक्रोशित छन् र सरकारसँग सम्बन्धित सबै कुरा बहिष्कार गरिरहेका छन्।
आफ्नो देशको फुटबल टोलीले सरकारकै प्रतिनिधित्व गरेको ठान्दै हारमा खुसी मनाएका हुन्। यसलाई पनि सरकारविरुद्ध आन्दोलन गर्ने एउटा तरिकाका रूपमा लिइएको छ।
इरानको वर्तमान अवस्थालाई ध्यानमा राख्दै कतार विश्वकप २०२२ मा टोलीको सहभागिताप्रति समर्थक असन्तुष्ट छन्। इरानका जनताको भनाइ छ– सबैले पहिले यो दमनकारी सरकार हटाउनुपर्छ। त्यसपछि अन्य कुरामा पनि ध्यान दिनुपर्छ।
इरानमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर साढे दुई महिनायता देशभर विरोध प्रदर्शन जारी छ। यस क्रममा इरानी सुरक्षा बलको कारबाहीमा परेर बालबालिकासहित कम्तीमा ४४८ जना मारिएका छन्।
विरोध प्रदर्शनका क्रममा भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएको मानवअधिकार समूहलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नर्वेको मानवअधिकार समूहका अनुसार हालसम्म मारिएका ४४८ मध्ये ६० जना १८ वर्षमुनिका नाबालिग छन्। १८ वर्षमुनिका ९ जना किशोरी पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन्।
समूहको प्रतिवेदनअनुसार गत साता मात्र सुरक्षाकर्मीको कारबाहीमा १६ जनाले ज्यान गुमाएका थिए। मारिएकामध्ये १२ जना कुर्दिस जनसंख्या अधिक भएको क्षेत्रका हुन्। ती क्षेत्रमा अहिले पनि हिंसात्मक प्रदर्शन जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
दोहोरो झडपमा मारिएका नागरिकको संख्या मात्र प्रतिवेदनमा समावेश गरिएको तथा त्यसमा सुरक्षाकर्मीको हताहती समावेश नगरिएको उक्त समूहले जनाएको छ।
उपयुक्त तरिकाले टाउको नछोपेको अभियोगमा गत १६ सेप्टेम्बरमा पक्राउ परेकी अमिनीको हिरासतमै मृत्यु भएको थियो। उनको मृत्युपछि इरानमा विरोध प्रदर्शन भड्किएको हो।
धार्मिक प्रहरीले उनलाई यातना दिएर मारेको आरोप प्रदर्शनकारीको छ। यद्यपि, इरान सरकारले त्यसको खण्डन गरेको छ।
विश्वकपमा इरानको हारपछि अमिनीको गृहनगर साकेज र अन्य धेरै शहरमा मानिसहरूले आतिसबाजी गरेर उत्सव मनाएका थिए।
इरानी खेलकुद पत्रकार सईद जफरनीले इरान हारपछि ट्विट गरे, “कसले सोचेको थियो र म तीन मिटर उफ्रन्छु र अमेरिकाको गोलमा रमाउँछु!”
पडकास्टर इलाहे खोसरावीले लेखे, “बीचमा खेलेर तपाईंले यही नतिजा पाउनुहुन्छ। फुटबल टोलीसँगै जनता, विपक्षी र सरकार पनि हारे।”
इरानी फुटबल टोलीले सरकारको विरोधमा इंग्ल्यान्डससँगको खेलअघि राष्ट्रिय गीत गाउन अस्वीकार गरेको थियो। यसलाई कतिपयले साहसी कदम मानेका थिए। तर, इरानमा धेरैले अझै पनि फुटबल टोलीले जनताको होइन, सरकारको प्रतिनिधित्व गर्छ भन्ने विश्वास गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
