थाइल्यान्डमा स्थानीयले बाँदरलाई पवित्र जनावर र शुभ कार्यको प्रतीक मान्ने गर्छन्।
थाइल्यान्डको लोपबुरीमा आइतबार सम्पन्न बाँदर भोज महोत्सव ‘मंकी फिस्ट फेस्टिभल’मा बाँदरका लागि विशाल भोजको आयोजना गरियो।
बाँदरलाई मनपर्ने फलफूलदेखि सबै प्रकारका खानेकुरा राखिएकाे थियाे। भोज खानका लागि जम्मा भएका बाँदरको बथान आपसमा लड्ने र खानेकुरा खाँने गरेको दृश्य हेर्न थुप्रै पर्यटक भेला गएका थिए। बाँदरका चित्र र मूर्तिहरूका वरिपरि खानेकुरा राखिएका थिए भने सयौँ बाँदरहरू भेला भएको रमाईलो दृश्य देख्न सकिन्थ्यो।
अरू बेला पनि लोपबुरीका हरेक स्थानमा बाँदर नै बाँदर देखिन्छन्। घुम्न जाने पर्यटकलाई सताउने र खानेकुरा चोर्ने बाँदरहरू जताजतै भेटिन्छन्। त्यहाँका स्थानीयले परम्परागत रूपमै बाँदरलाई पवित्र जनावरका रूपमा लिने गरेका छन्। साथै बाँदरहरूले शुभकार्य गराउँछन् भन्ने विश्वास गरिन्छ।
राजधानी बैंककदेखि १५० किलोमिटर उत्तरमा पर्ने लोपबुरीमा हरेक वर्ष बाँदर महोत्सव आयोजना हुने गरेको छ। पर्यटक आकर्षणका लागि मात्र नभई सो क्षेत्रमा बाँदरको संख्या बढाउन र उनीहरूलाई रमाइलो वातावरण बनाउनका लागि महोत्सव आयोजना गरिँदै आएको छ। त्यहाँ केही वर्षअघिसम्म केबल ३०० बाँदर रहेकामा अहिले बढेर ४ हजार पुगेको छ।
“लोपबुरीलाई बाँदरको शहर भनेर पनि चिनिन्छ। बाँदर र मानिसबीच सौहार्दपूर्ण वातावरण होस् भन्ने हामी चाहन्छौँ”, बाँदर भोज महोत्सवका संस्थापक यङयुथ कित्वातानुसोत भन्छन्, “महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग गरेको छ र हरेक वर्ष विदेशी पर्यटक बढिरहेका छन्।” मनोरञ्जनको आवश्यकता र महत्वलाई ध्यान दिँदै महोत्सव गरिँदै आएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
