मेलिसा हाइस्मिथले ५० वर्षपछि आफूलाई जन्मदिने बुवाआमालाई भेटेकी छन्।
अमेरिकाको टेक्सासकी ५३ वर्षीया मेलिसा हाइस्मिथले ५१ वर्षपछि आफ्ना आमाबुबालाई भेटेकी छन्। उनी सन् १९७१ मा फोर्टवर्थस्थित आफ्नै घरबाट हराएकी थिइन्। त्यतिबेला उनको उमेर २२ महिना थियो। स्याहार सुसारका लागि राखिएका सुसारेले उनको अपहरण गरेका बीबीसीले उल्लेख गरेको छ।
मेलिसाकी आमा अल्ता अपातेन्कोले शिशु स्याहारका लागि सहयोगी चाहिएको भन्दै स्थानीय पत्रिकामा सूचना जारी गरी एक सुसारेलाई काममा राखेकी थिइन्। पछि उनैले मेलिसाको अपहरण गरेको बताइएको छ। परिवारले लामो समयसम्म उनको खोजी गर्यो। तर, भेटेनन्।
मेलिसाको खोजी गर्दै उनको परिवारले डीएनएको नमुना एन्सेस्टरी वेभसाइटमा पठायो। सो डीएनएसँग मेलिनाको डीएनए मिलेपछि उनले जन्मदिने बाबुआमालाई भेट्ने अवसर पाइन्।
मेलिसासँगको भेटपछि उनको परिवारले लेखेको छ, “उनको खोजी कुनै प्रहरी, अनुसन्धानकर्ता, पडकास्ट सहयोगबाट नभई डीएनएले मात्रै सम्भव बनाएको हो। पारिवारिक अनुसन्धान र अनुमान पनि काम लागेनन्।”
मेलिसाले भनिन्, “मेरा लागि यो निकै भावुक क्षण हो र संसारकै रमाइलो महशुस पनि।” उनकी आमाले पनि वर्षौंपछि आफ्नो सन्तान भेट्न पाउँदा खुसी लागेको बताइन्। उनले आफ्ना लागि अकल्पनीय क्षण भएको भन्दै खुसी साटिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
