अफगानिस्तानमा सार्वजनिक स्थल जाँदा तथा यातायातमा यात्रा गर्दा परिवारका पुरुष सदस्यलाई साथमै लैजानुपर्ने, अनिवार्य रूपमा हिजाब र बुर्का लगाउनुपर्नेजस्ता बाध्यकारी नियम लागू गरिएको छ।
तालिबान सरकारले अफगानिस्तानमा महिलालाई पार्कमा जान बन्देज लगाएको छ। अब अफगानिस्तानमा पुरुष र बालबालिकाहरू मात्रै पार्क जान पाउने छन्। यसअघि तालिबान सरकारले महिलाले अनिवार्य बुर्का लगाउनुपर्ने, विश्वविद्यालयमा पुरुषसँग बस्न नपाउनेजस्ता प्रतिबन्ध लगाएको थियो।
महिलाले पढ्नु हुँदैन, सार्वजनिक स्थानमा जान्ने हुनु हुँदैन, पुरुषको संगतले महिला बिग्रिन्छन् भन्ने रूढिवादी सोच राख्ने तालिबानले महिलामाथि पुनः अर्को प्रतिबन्ध लगाएको हो।
गत साता रंगशालामा हजारौँ मानिसका बीचमा १२ जनालाई कोर्रा हानिएको थियो। यस्तै, केही साताअघि मात्रै महिला अधिकारकर्मी जारिफा याघोबीसहित चार जनालाई तालिबानले नियन्त्रणमा लिएको थियो। राष्ट्रसंघ र अन्य सरोकारवालाले उनीहरूलाई रिहा गर्न आग्रह गरे पनि तालिबान सरकार मौन छ।
महिलालाई तालिबानको नैतिक प्रहरी कार्यालय र इस्लामिक कानून लागू गर्ने मन्त्रालयमा समेत महिलाको प्रवेश निषेध छ। सो मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ मुहाजीरले बीबीसीलाई भने, “हामीले मन्त्रालयको गेटअगाडि उजुरी पेटिका राखेका छौँ। महिलाहरूले त्यही आफ्ना उजुरी खसाउँछन्। हाम्रा निर्देशक गेटमै गएर उहाँहरूलाई भेट्नुहुन्छ।”

महिलालाई पार्कमा जान प्रतिबन्ध गरिएको विषयको बचाउ गर्दै उनले इस्लामिक सरिया कानून लागू नभएको बताएका छन्। उनले भने, "हामीले महिला दिदीबहिनीलाई १५ महिनासम्म पार्कमा रमाउने अवसर दिएका थियौँ। हामीले हिजाब लगाउने अभ्यास गर्न भन्यौँ, तर धेरैले पालना गरेनन्। महिला र पुरुषलाई पार्क जाने दिन पनि छुटाउँदा, त्यो पनि सफल भएन।”
अधिकारका लागि प्रदर्शन गर्ने महिलालाई किन दबाइन्छ भन्ने प्रश्नमा उनले भने, “सबै मुलुकमा सरकारविरोधी प्रदर्शनमा गर्नेलाई पक्राउ गरिन्छ। केही मुलुकमा त उनीहरू मारिन्छन्। हामीले त्यसो गरेका छैनौँ तर, राष्ट्रिय हितविपरीत कार्य गर्नेलाई हामी रोक लगाउँछौँ।”
अफगानी महिलामाथिका प्रतिबन्ध दिनप्रतिदिन बढ्दै गएका छन्। एक अफगानी विद्यार्थी तथा महिला अधिकारवादी लैला बासिम भन्छिन्, “अरू देशका मानिस चन्द्रमामा पुगिसके। हामी भने अझै पनि आधारभूत अधिकारका लागि लड्नु परेको छ। कुन दिनदेखि हामीलाई घरबाट बाहिर ननिस्क भन्ने आदेश आउने हो भन्ने डर छ। अफगानिस्तानमा जे पनि सम्भव छ।”
लाइब्रेरी फर वुमनकी सह संस्थापकसमेत रहेकी लैला अगाडि भन्छिन्, “अफगानी महिला चुप बस्न सक्दैनन् भन्ने कुरा हामी तालिबानलाई देखाउन चाहन्छौँ। यहाँ पढ्ने संस्कारको विकास गर्न चाहन्छौँ। विशेष गरी शिक्षाबाट वञ्चित बालिकालाई पढाउन चाहन्छौँ।”

गत वर्षयता आफूले विभिन्न प्रदर्शनमा भाग लिएको बताउँदै लैलाले आफ्नो हत्याको र परिवारलाई दिएको धम्कीबाट नडराउने बताइन्। बरु समाजबाट बाहिरिने डर लाग्ने उनको भनाइ छ। महिलामाथिको बढ्दो प्रतिबन्धले तनाव र दुःख थपेको उनीले सुनाइन्।
“हामीलाई अन्तर्राष्ट्रिय समुदायले पनि बेवास्ता गरेजस्तो लाग्छ। शक्तिशाली सबै मानिसले इरानी महिलालाई साथ दिएका छन् तर अफगानी महिलाको पीडा र तनाव कसैले बुझ्न सकेन। हामीमाथि भइरहेको दमनबारेको समाचारले पत्रिकामा पहिलो पानासमेत पाउँदैन। हामीलाई निकै टुक्रिएको र बिर्सिएको महसुस गर्छौँ,” लैला थप्छिन्, “तालिबानका अहिलेका नीतिहरू २० वर्ष पहिलेका जस्ता छन्। जुन २१औँ शताब्दीमा स्वीकार्य छैन भन्ने प्रयास गरिरहेका छौँ।”
अफगानिस्तानमा महिलालाई रोजगारीका लागि घरबाहिर जान प्रतिबन्ध छ। सार्वजनिक स्थल तथा यातायातमा यात्रा गर्दा परिवारका पुरुष सदस्यलाई साथ लैजानुपर्ने, अनिवार्य रूपमा हिजाब र बुर्का लगाउनुपर्नेजस्ता बाध्यकारी नियम लागू गरिएको छ। नियम उल्लंघन गर्नेलाई कारबाही गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
