गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन्।
गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरे। आयोजक कतार र इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन्।
कतारको अलबायत रंगशालामा घरेलु टोली कतारलाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी बन्यो।
खेलको २६औँ मिनेटमा नेदरल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै शुरूआती अग्रता लिए। खेलको पहिलो हाफसम्म एक शून्य गोलले अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल गर्यो।
खेलको ४८औँ मिनेटमा नेदरल्यान्ड्सका फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित दिलाए। यससँगै नेदरल्यान्ड्सले तीन खेलमा सात अंक जोड्यो।
यसैगरी कतारको खलिफा रंगशालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्यो। सेनेगल जारी विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ।
खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो। इस्माएला सारले खेलको ४४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई १–० को अवस्थामा पुर्याए।
पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो।
त्यस्तै खेलको दोस्रो हाफको ६८औँ मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा पुर्याए। तर खेलको ७०औँ मिनेटमा सेनेगलका कालिडु कौलीबालीले गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे।
सेनेगलले तीन खेलमा दुई जितसहित छ अंक जोड्यो। यता इक्वेडर चार अंकसहित तेस्रो तथा कतार अंकविहीन बन्दै चौथो स्थानमा रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
