अत्यधिक गर्मी र ‘लू’का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै चितवन, पर्सा र बर्दियाका स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गराएका छन्।
काठमाडौँ– गर्मी अत्यधिक बढेपछि चितवन, पर्सा र बर्दियाका केही स्थानीय तहले विद्यालय बन्द गराएका छन्। अत्यधिक गर्मी र ‘लू’का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै ती पालिकाले वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गराएका हुन्।
चितवनको रत्ननगर नगरपालिकाले अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ।
नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो। चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
अत्यधिक गर्मी बढेपछि चितवनको रत्ननगर नगरपालिकाले आईपीभी खोप अभियानसमेत स्थगित गरेको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताए। सो अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुने उनले जानकारी दिए।
त्यस्तै, वीरगन्ज महानगरपालिकाले वीरगन्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।
वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक,विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको सोमबार बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए।
“वीरगन्ज महानगर शिक्षा समितिको आज बसेको बैठकले अत्यधिक गर्मीको कारणले विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ”, उनले भने, “तीन दिन वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न/गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ।” मंगलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ। महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताए।
महानगर शिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी) का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो। गत वैशाख २० गतेदेखि वीरगन्ज महानगर क्षेत्रमा बिहानीको समयमा पठनपाठन हुँदै आएको थियो।
महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन्। सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्रथामिक विद्यालय रहेको छ।
अत्यधिक गर्मीका कारण बर्दियाका तीन पालिकाले पनि तीन दिन विद्यालय बन्द गरिएका छन्। बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिकाले जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गरेका हुन्।
गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको जनाउँदै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएपछि नगर शिक्षा समितिको सोमबार बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए।
तीन दिन बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न/गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ। मंगलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ। बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने मधुवन नगरपालिकाका शिक्षा सुपरिवेक्षक खगेन्द्रप्रसाद खनालले बताए।
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको संख्या बढेका छन्। बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पाण्डेले बताए। उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको संख्या दिन प्रतिदिन बढिरहेका छन्।
गर्मीका कारण ‘लू’ लागेका, पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए। बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरो पाकेर घाउ बन्ने र संक्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ। रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
