जिल्लाका फरक–फरक ठाउँमा पुगेर साहित्यकारले मुक्तक, कविता, गीत, हाइकु, गजललगायत रचना प्रस्तुत गर्ने गरेका छन्।
दमौली– गण्डकी वांमय प्रतिष्ठान तनहुँमा आबद्ध साहित्यकार प्रत्येक महिनाको दोस्रो शनिबार एकठाउँ भेला हुन्थे। आफूले रचना गरेका साहित्य वाचन गर्थे। यो शृंखला चलेको ३७ महिना भइसकेको थियो तर त्यहीबेला कोरोना महामारी फैलिएपछि रोकियो।
प्रतिष्ठानले चार वर्षअघि रोकिएको अभियान शनिबारदेखि पुनः शुरू गरेको छ। विगतमा झैँ अब प्रत्येक महिनाको दोस्रो शनिबार यो शृंखला निरन्तर सञ्चालन हुने प्रतिष्ठानका उपाध्यक्ष संगम सापकोटाले जानकारी दिए। उनले भने, “कोभिडपछि रोकिएको शृंखला विविध कारणले सञ्चालन हुन सकेको थिएन, शनिबारदेखि अभियान सञ्चालन गरिएको छ, अब निरन्तर सञ्चालन गरिनेछ।”
जिल्लाका फरक–फरक ठाउँमा पुगेर साहित्यकारले मुक्तक, कविता, गीत, हाइकु, गजललगायत रचना प्रस्तुत गर्ने गरेका छन्। “कार्यक्रम सधैँ एकैठाउँमा हुँदैन, फरक–फरक ठाउँ छनोट गरिन्छ । भेला भएर साहित्यकारहरूले रचना वाचन गर्छन्,” उनले भने।
३८औँ शृंखलाअन्तर्गत शनिबार व्यास नगरपालिका–३ अनसनचौतारीमा भएको साहित्य वाचनमा डा. लक्ष्मीकान्त चापागाईँ, काशीनाथ न्यौपाने, शंकरराज नहर्की, तेजप्रसाद लामिछाने, संगम सापकोटा, सागर उदासलगायतले रचना वाचन गरेका थिए।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भएका कारण यहाँ साहित्यिक क्षेत्रमा सम्भावना भए पनि यसको संस्थागत विकास हुन नसकेको प्रतिष्ठानका अध्यक्ष गौकुमारी न्यौपानेले बताए।
तनहुँमा साहित्यको क्षेत्रमा प्रचुर सम्भावना भए पनि सोचेजति विकास हुन नसकेको गण्डकी वांमय प्रतिष्ठानका पूर्वअध्यक्ष सागर उदासको भनाइ छ। “पर्यटन र साहित्य दुवैमा प्रचुर सम्भावना छ तर जति काम गर्नपर्थ्यो हुन सकिरहेको छैन, राज्य स्तरबाट यसमा पहलकदमी लिनुपर्ने आवश्यकता छ,” उदासले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
