धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौँ– धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार सिरोहियालाई थप तीन दिन थुनामा राखेर उनीमाथि लागेका आरोप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए।
अध्यक्ष सिरोहियालाई नागरिकतासम्बन्धी कसुरमा प्रहरीले मंगलबार काठमाडौँको थापाथलीस्थित कार्यालयबाट पक्राउ गरेको थियो। त्यसपछि उनीविरुद्ध उजुरी परेको जिल्ला धनुषामा पुर्याइएको थियो।
बुधबार जिल्ला सरकारी वकिल कार्यालयले उनीमाथि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष अनुमति मागेको थियो। तर अदालतले तीन दिनको मात्र समय दिएको थियो।
पहिलो पटक अदालतले दिएको समय बिहीबार सकिएपछि शुक्रबार पुनः पाँच दिन हिरासतमा राख्न सरकारी वकिल कार्यालयले अनुमति मागेको थियो। अदालतले तीन दिनको मात्रै समय थप गरेसँगै अब सिरोहियामाथि अनुसन्धान गर्नका लागि प्रहरीले आइतबारसम्मको समय पाएको छ।
अर्का व्यक्तिसँग सिरोहियाको नागरिकता नम्बर मिलेको भन्दै इन्द्रजितप्रसाद महतोले धनुषामा जाहेरी दिएका थिए। त्यसका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले उनलाई पक्राउ गरेको हो। सिरोहियालाई पक्राउको सञ्चारसम्बद्ध संघसंस्थाहरूले सार्वजनिक रूपमा विरोध जनाइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
