बौद्ध धर्मावलम्बीले २५६८औँ बुद्धजयन्तीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा बुद्ध प्रतिमाको नगर परिक्रमा गराएका छन्।
भक्तपुर– देशभर बिहीबार विभिन्न कार्यक्रम आयोजना गरेर बिहीबार २५६८औँ बुद्धजयन्ती मनाइएको छ। बौद्ध धर्मावलम्बीहरू बिहानैदेखि चैत्य, गुम्बा, विहारलगायत स्थलमा जम्मा भएर बुद्धजयन्ती मनाएका हुन्। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप बुद्धजयन्ती मनाउने गरिन्छ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गरिन्छ। इसा पूर्व ५६३ अर्थात् २५६८ वर्षअघि रुपन्देहीस्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।
मानिसले पाएका दुःख देखेर चिन्तित सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए। उनले वैशाख शुल्क पूर्णिमाकै तिथिमै ज्ञानप्राप्त गरेका थिए। बुद्धजयान्तीका अवसरमा बिहीबार पनि भक्तपुर, मध्यपुर थिमिका बौद्धमार्गीले शान्ति र्याली निकालेका छन्।
बुद्धका विभिन्न उपदेशहरू लेखिएको प्लेकार्डसहित, बाजागाजा बजाउँदै र्याली निकालेर उनीहरूले बुद्ध प्रतिमालाई नगर परिक्रमा गराएका छन्। बुद्ध प्रतिमा नगर परिक्रममा कार्यक्रममा बालबालिका, युवा, वयस्कदेखि वृद्धवृद्धाको उपस्थिति देखिन्थ्यो। हेर्नुहोस् तस्वीरहरू










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
