विश्वकप फुटबल : समूह चरणका अन्तिम खेल आजदेखि

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत् आजदेखि समूह चरणका अन्तिम खेल हुँदैछन्। यी खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ।

काठमाडौँ– कतारमा जारी विश्वकप फुटबल अन्तर्गत् आजदेखि समूह चरणका अन्तिम खेल हुँदैछन्।

यी खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ। मंगलबार समूह ए र समूह बी का दुई–दुई खेल हुनेछन्। अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ।

यसअघि हरेक दिन चार खेल फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ। राति पौने ९ बज समूह ए मा रहेका नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल हुनेछ।

यो समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ भने बाँकी तीनमध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन्। यस्तै समूह बी मा रहेका इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीचको खेल मध्यराति पौने १ बजे शुरू हुनेछ।

यो समूहबाट चारै टिमको नकआउट चरणमा पुग्ने सम्भावना बाँकी छ।