अखिल नेपाल लेखक संघमा कवि स्वप्निल स्मृति (सनमान चेम्जोङ)को अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।
काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल लेखक संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघीय राजधानी काठमाडौँमा सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनबाट कवि स्वप्निल स्मृति (सनमान चेम्जोङ)को अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
स्मृति संघको अध्यक्षमा निर्विरोध निर्वाचित भए। उपाध्यक्षमा रामहरि श्रेष्ठ, नारायण मरासिनी र पञ्चकुमारी परियार निर्वाचित भएका छन् भने महासचिवमा जीत अधिकारी, उप–महासचिवमा सुधा मैनाली र कोषाध्यक्षमा तिलक चाम्लिङ निर्वाचित भएका छन्। ५७ जना सदस्य सम्मेलनबाट निर्वाचित भएका छन् भने बाँकी सदस्य संघको आगामी बैठकबाट मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष स्वप्निलले जानकारी दिए।
सम्मेलन उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पश्चिमा साम्राज्यवाद गम्भीर संकटमा रहेको बताए। त्यसैको परिणाम स्वरूप पछिल्लो समय विभिन्न देशमा युद्ध चर्कन थालेको उनले जिकिर गरे। साथै गुरुङले एसियाबाट पश्चिमा साम्राज्यलाई खतरा रहेको र उसले एशियाली देशहरूलाई घेराबन्दीमा पारेको भन्दै साम्राज्यवाद तथा ‘न्यु कोलोनिजम’विरुद्ध लेख्न लेखकहरूलाई आह्वान गरेका थिए।
सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईलगायत भाइचारा संगठनहरूले सम्बोधन गरेका थिए। माओवादीनिकट सिर्जनाकर्मीहरूको छाता संगठनका रूपमा रहेको अखिल नेपाल जनसांस्कृतिक महासंघको महाधिवेशन जेठ १७ र १८ गते सम्पन्न हुने र सो अधिवेशनका लागि महासंघमा आबद्ध विभिन्न संगठनहरूको राष्ट्रिय सम्मेलन भइरहेको अध्यक्ष स्मृतिले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
