सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। इजलासले सो विवादमा पाँच वटा प्रश्नको निरूपण गर्नुपर्नेसमेत औँल्याएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश हरि फुयालको एकल इजलासले शुक्रबार रिटको प्रारम्भिक सुनुवाइ गर्दै सो सवाल संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट हुनुपर्ने देखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। त्यसैगरी आगामी जेठ ९ गते पेसी तोकी दुवै पक्षसँग छलफलका लागि बोलाउने आदेश दिएको हो।
न्यायाधीश फुयालको एकल इजलासले सो विवादमा पाँच वटा प्रश्नको निरूपण गर्नुपर्नेसमेत औँल्याएको छ। जसमा संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले समर्थन गर्ने दल तथा सदस्यहरूले समर्थन फिर्ता लिएको जानकारी गराएपछि धारा १८८ (२) बमोजिमको विश्वासको मत लिनुपर्ने हो वा होइन?
संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएको मुख्यमन्त्रीको पद धारा १६९(१) को अवस्थाभन्दा बाहेक अन्य तरिकाबाट रिक्त हुन सक्छ वा सक्दैन? संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले धारा १८८ (४) मा उल्लिखित स्पष्टीकरणको सुविधा प्राप्त गर्न सक्छ वा सक्दैन? भनी सोधिएको छ।
त्यस्तै, कोशी प्रदेश प्रमुखको यही वैशाख २६ को विज्ञप्तिको संवैधानिक आधार तथा उक्त विज्ञप्तिभित्र उल्लिखित संकल्प प्रस्तावको संवैधानिक र कानूनी वैधता के कसो हो? र प्रदेश सरकार गठन विघटनमा प्रदेश प्रमुख तथा प्रदेशसभाको क्षेत्राधिकारको परिधि र सीमा के कसो हो भन्नेबारे प्रश्न गर्दै यी विषयको निरूपण पूर्ण सुनुवाइबाट गर्नुपर्ने भनिएको छ।
आदेशमा भनिएको छ, “यस निवेदनमा उल्लिखित संविधानको व्याख्याको विषय अन्तर्निहित भएको देखिदा उक्त विषयको निरूपण पूर्ण सुनुवाइबाट हुनुपर्ने देखिएकाले हाललाई निवेदकको मागबमोजिमको अन्तरिम आदेश जारी गरिरहनु परेन।”
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतबहादुर कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्तविरुद्ध नेपाली कांग्रेसका तर्फबाट केदार कार्कीले बिहीबार रिट निवेदन दायर गरेका थिए। सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न रिट निवेदनमा माग गरिएको थियो।
सत्ता गठबन्धनका तर्फबाट एमाले नेता कार्कीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेस गरेको समर्थन गर्ने प्रदेशसभा सदस्यको सनाखत गराई प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
