उदयपुरमा १५ उम्मेदवारद्वारा पुनः मतदानको माग, मतगणना राेकियाे

एमालेसहितका १५  उमेदवारले पुनः मतदानको माग राखेपछि उदयपुर–१ को मतगणना अनिश्चित बनेको छ।

उदयपुर– एमालेसहितका १५  उम्मेदवारले पुनः मतदानको माग राखेपछि उदयपुर–१ को मतगणना अनिश्चित बनेको छ।

खसेको मतभन्दा मतपेटिकामा बढी मतपत्र भेटिएको र प्रदेशसभातर्फको एक सय मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएकाले उमेदवारले मतदानको माग गरेका हुन्।

आइतबार बिहान ७ बजे रोकिएको मतगणना शुरू हुन सकेको छैन। पटक–पटक सर्वदलिय बसे पनि सहमति जुट्न सकेको छैन। यहाँ एमाले उम्मेदवार मन्जुकुमारी चौधरी र कांग्रेसका डा. नारायण खड्काबीच मुख्य प्रतिस्पर्धा छ। पछिल्लो गणनामा खड्काले अग्रता लिएका छन्। 

नेपाली कांग्रेसले २४ घण्टाभन्दा बढी मतगणना प्रक्रिया अवरोध भएकोमा आपत्ति जनाएको छ। काँग्रेस क्षेत्रिय सभापति खगेन्द्र राईले रोकिएको मतगणना तत्काल शुरू हुनुपर्ने बताए।