देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौँ– देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक बदली  हुनेछ। कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातसमेत हुनेछ। 

यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। आगामी २४ घण्टामा देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना छ। 

जसले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले  सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।