अग्रता जोगाउन नसक्दा स्पेनले कतार विश्वकप अन्तर्गत समूह ई को खेलमा जर्मनीसँग अंक बाँडेको छ। अल बेयत रंगशालामा आइतबार राति सम्पन्न खेलमा जर्मनीसँग स्पेन १-१ गोलको बराबरीमा रोकिएको हो।
काठमाडाैँ– अग्रता जोगाउन नसक्दा स्पेनले कतार विश्वकप २०२२ अन्तर्गत समूह ई को खेलमा जर्मनीसँग अंक बाँडेको छ। अल बेयत रंगशालामा आइतबार राति सम्पन्न खेलमा जर्मनीसँग स्पेन १-१ गोलको बराबरीमा रोकिएको हो।
दुवै टोलीका लागि वैकल्पिक फरवार्डले गोल गरेका थिए। स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। स्पेनका अल्भारो मोराटाले अग्रता दिलाउँदा जर्मनीका लागि निकलास फुलक्रुगले बराबरी गोल फर्काए। ४०अौँ मिनेटमा जर्मनीले गोल गरेपनि त्यसले मान्यता पाएन। सेन्ट्रेल ब्याक एनेटोनियो रुडिगरले फ्रिकिकमा हेडरमार्फत् गोल गरेपनि उनी अफसाइड रहेको भीएआरमा देखिएको थियो।
६२अौँ मिनेटमा स्पेनले वैकल्पिक फरवार्ड मोराटाको गोलमा अग्रता लियो। जोर्डी अल्बाको क्रसमा मोराटाले गोलरक्षक म्यानुयल नोएर र डिफेन्डर निकलास सुलको बिचबाट ६ गोल गरे। ८३अौँ मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो। काउन्टरमा जर्मनीका लागि निकलास फुलक्रुगले गोल गरे।
उनले मिडफिल्डर जमल मुसियालाले नियन्त्रणमा लिएको बलमा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट प्रहार गर्दै खेल बराबरीमा ल्याए। यस समूहमा अब चारै टोलीको अघि बढ्ने सम्भावना छ । स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ। जापान र कोस्टारिकाको ३-३ अंक छ। जर्मनी पुछारमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
