सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’मा प्रसारित अडियो उपलब्ध गराउने व्यक्ति ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिने भएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’मा प्रसारित अडियो उपलब्ध गराउने व्यक्ति ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिने भएको छ।
न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको बिहीबारको संयुक्त इजलासले अनलाइनका प्रकाशकसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो।
आदेशमा भनिएको छ, “प्रसारित अडियो सामग्री सम्बन्धमा अदालतको अवहेलनामा किन कारबाही र सजाय गर्नु नपर्ने हो। त्यसरी कारबाही गर्नु नपर्ने आधार र कारण भए शब्द प्रमाणसहित बयानका लागि मिति २०८१ वैशाख २३ गते बिहान १० बजे अदालतमा उपस्थित हुनू।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो ।
सो विषयमा सो अनलाइनका प्रकाशकसँग बयान लिने काम बिहीबार सम्पन्न भएको छ। सम्पादकलाई शुक्रबार १० बजे बयानका बोलाइएको छ।
अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो-भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गरेका थिए।
सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र अनलाइनका प्रकाशक र सम्पादकलाई बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
