काठमाडौं– पुरातत्व विभागले बेलायतको राजधानी लण्डनस्थित मेट्रोपोलिटन पुलिसको सहकार्यमा बुधबार १६ औँ र १८ औँ शताब्दीका दुई प्राचीन कलावस्तु फिर्ता ल्याएको छ। तीमध्ये एउटा १७–१८ औँ शताब्दीको कलात्मक तोरण र अर्को १६–१७ शताब्दीताका प्रस्तरबाट निर्मित नमस्कार मुद्रामा बसेको भक्तको मूर्ति छन्।पुरातत्व विभागमार्फत ल्याइएका ती सामग्री राष्ट्रिय छाउनी संग्रहालयलाई हस्तान्तरण गरिएको छ। चोरी भएको काठको तोरण काठमाडौंको वसन्तपुरस्थित कुमारीबहालको हो। पुरातत्व विभागकी प्रमुख सुभद्रा भट्टराईका अनुसार नमस्कारको मुद्रामा रहेको प्रस्तर मूर्ति काठमाडौ महानगरपालिका–२३ को मन्जुश्री मन्दिर नजिकै ओमबहालबाट सन् १९८० मा हराएको थियो।यसरी फिर्ता भए मूर्तियुनिर्भसिटी अफ ग्लासगोवकी आर्ट क्राइम एन्ड क्रिमियोलोजीकी लेक्चरर र नेपाल हेरिटेज रिकभरी क्याम्पकी सल्लाहकारसमेत रहेकी डा. इमलाइन सी एच स्मिथको ध्यान ‘लस्ट आर्ट अफ नेपाल’ फेसबुक पेजले तान्यो। उक्त पेजले उनलाई पनि ट्याग गरेर ती मूर्ति लन्डनको एक निजी व्यक्तिको ग्यालरीमा संग्रह भइरहेको जानकारी दिएको थियो। उनले मूर्तिबारे सोधखोज थालिन्। नेपालबाट पनि तथ्य प्रमाण प्राप्त भएसँगै गत मार्च १८ मा लन्डनको मेट्रोपोलिन पुलिसको सहकार्यमा लन्डनस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरेको डा. स्मिथ बताउँछिन्। उनका अनुसार डिलरले स्वेच्छाले मूर्ति फिर्ता गरेको यो बेलायतको पहिलो घटना हो। यसबाट अन्य निजी डिलरलाई पनि यस प्रकारको मूर्ति आफूसँग भए फिर्ता गर्न प्रेरणा दिने आशा उनको छ। ‘कुनै समय कथित उच्च वर्गका बेलायती र नर्थ अमेरिकनका लागि मूर्ति संग्रह सोख बनेको थियो,’ डा. स्मिथ भन्छिन्, ‘यस्ता …
काठमाडौं– पुरातत्व विभागले बेलायतको राजधानी लण्डनस्थित मेट्रोपोलिटन पुलिसको सहकार्यमा बुधबार १६ औँ र १८ औँ शताब्दीका दुई प्राचीन कलावस्तु फिर्ता ल्याएको छ। तीमध्ये एउटा १७–१८ औँ शताब्दीको कलात्मक तोरण र अर्को १६–१७ शताब्दीताका प्रस्तरबाट निर्मित नमस्कार मुद्रामा बसेको भक्तको मूर्ति छन्।
पुरातत्व विभागमार्फत ल्याइएका ती सामग्री राष्ट्रिय छाउनी संग्रहालयलाई हस्तान्तरण गरिएको छ। चोरी भएको काठको तोरण काठमाडौंको वसन्तपुरस्थित कुमारीबहालको हो। पुरातत्व विभागकी प्रमुख सुभद्रा भट्टराईका अनुसार नमस्कारको मुद्रामा रहेको प्रस्तर मूर्ति काठमाडौ महानगरपालिका–२३ को मन्जुश्री मन्दिर नजिकै ओमबहालबाट सन् १९८० मा हराएको थियो।
यसरी फिर्ता भए मूर्ति
युनिर्भसिटी अफ ग्लासगोवकी आर्ट क्राइम एन्ड क्रिमियोलोजीकी लेक्चरर र नेपाल हेरिटेज रिकभरी क्याम्पकी सल्लाहकारसमेत रहेकी डा. इमलाइन सी एच स्मिथको ध्यान ‘लस्ट आर्ट अफ नेपाल’ फेसबुक पेजले तान्यो। उक्त पेजले उनलाई पनि ट्याग गरेर ती मूर्ति लन्डनको एक निजी व्यक्तिको ग्यालरीमा संग्रह भइरहेको जानकारी दिएको थियो।
उनले मूर्तिबारे सोधखोज थालिन्। नेपालबाट पनि तथ्य प्रमाण प्राप्त भएसँगै गत मार्च १८ मा लन्डनको मेट्रोपोलिन पुलिसको सहकार्यमा लन्डनस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरेको डा. स्मिथ बताउँछिन्।
उनका अनुसार डिलरले स्वेच्छाले मूर्ति फिर्ता गरेको यो बेलायतको पहिलो घटना हो। यसबाट अन्य निजी डिलरलाई पनि यस प्रकारको मूर्ति आफूसँग भए फिर्ता गर्न प्रेरणा दिने आशा उनको छ। ‘कुनै समय कथित उच्च वर्गका बेलायती र नर्थ अमेरिकनका लागि मूर्ति संग्रह सोख बनेको थियो,’ डा. स्मिथ भन्छिन्, ‘यस्ता मूर्ति अनेकन् च्यानल तथा डिलर हुँदै उनीहरूसम्म पुग्थे। तर, जसरी नेपालले सन् १९७० को युनिभर्सल डिक्लेरेसनसँगै आफ्ना पुरातात्विक महत्वका कलावस्तुको दाबी गरिरहेको यो आफैंमा राम्रो पहल हो।’
कसरी भएको थियो तोरण चोरी?
कुमारी घर व्यवस्थापन समितिका सदस्य तथा कुमारीका सुसारे गौतमरत्न शाक्यले उक्त कलात्मक तोरणको चोरी २०६४–२०६५ सालतिर भएको बताए। दिउँसो ४–५ बजे कुमारी घरको सुरक्षार्थ खटिएका प्रहरी खाजा खान गएको समयमा चोरिएको उनको भनाइ छ।
‘तोरण चोरी भएको हेक्का प्रहरीलाई भएन। हामी फर्किएर आउँदा तोरण त्यहाँ थिएन,’ उनी भन्छन्, ‘कुमारीघरको वरपर बसेका व्याक्तिसँग बुझ्दा एक समूह ट्याक्सीमा आएर मर्मतका लागि भन्दै तोरण लगेको बताए। हामी त छक्क पर्यौँ।’
यस प्रकारका तोरण कुमारी घरमा चार वटा भएको शाक्य बताउँछन्। तीमध्ये तीन वटा चोरी भइसकेका छन्। अन्तिम तोरण पनि चोरी होला भन्ने आंशकामा मुल्चुका उठाएर हाल कुमारी घरमै सुरक्षित साथ राखिएको उनी बताउँछन्। तोरणलाई यथावत स्थानमा राख्नको लागि अझै समय लाग्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
