आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन नागरिक समाज दाङले अपिल गरेको छ।
देउखुरी– वैशाख १६ गते बिहान १० बजेतिर घरदेखि पश्चिमतरिको जंगलमा आगो लागेको देखियो। सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री त्यतातर्फ गए। गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो। त्यही आगोले खत्रीको घर पनि भेट्यो।
घरभित्र रहेका अन्नपात जलेर छिनभरमै खरानी भयो। ऋण गरेर ल्याएको एक लाख रुपैयाँ र घरमा भएको २० हजार रुपैयाँ पनि जल्यो। घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो।
“पाँचबोरा तोरी, मसुरो, चार क्विन्टल आलु थियो, सबै खरानी भयो। घरमा भएको अन्नपात लत्ताकपडा, भाँडाकुँडा केही पनि झिक्न पाइएन,” उनले भने, “शरीरका कपडाबाहेक केही बचेको छैन। कुखुराको खोर, गाईगोठ र बस्ने घर सबै जलेर आँखै अगाडि खरानी भयो। त्यही खरानीको थुप्रो हेरेर दिनरात कटाउँदैछौँ।”
सोही ठाउँकी लक्ष्मी भण्डारीको घर, गोठ, बाख्राको खोर र कुखुराको खोर जलेर खरानी भएको छ। “ एक्कासि आगो घरमा आयो चारैतिरबाट घेरा हालेको आगोको रापले घरभित्र बस्न सकेनौँ बाहिर निस्किँदा घरभित्रको सामान सबै जल्यो,” उनले भनिन्, “बाख्रा र कुखुरा पनि खरानी भए।” लगाउने चप्पल पनि जलेर खाली खुट्टा हिँडिरहेको उनले सुनाइन्।
गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न नसकेको वडा नं ७ का अध्यक्ष पुस्कर वलीले बताए। नजिकै रहेको राप्ती नदीबाट पानी ल्याउन भाँडा नभएका कारण आगो नियन्त्रण हुन नसकेको अध्यक्ष वलीको भनाइ छ। आगलागीबाट २३ घर जलेका छन्। ती घरमा बस्ने ११० जना प्रभावित भएका छन्। गाउँको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। रूखहरू जलेर धुवाँ उडिरहेको छ।
गर्मी मौसम शुरू भएपछि जंगलमा आगो लाग्यो खानेपानीको पाइप सबै जल्यो। त्यसपछि हाडबासका स्थानीयलाई पानीको समस्या भएको छ। एक घण्टा टाढा रहेको हाटबास खोलामा बालुवा खोस्रेर बनाइएको जरुवाबाट पानी ल्याएर जीविका चलाएको स्थानीय लक्ष्मी भण्डारीले बताइन्। “एक घण्टाको उकाली ओराली गरेर ल्याएको पानीले जीविका चलेको छ,” भण्डारीले भनिन्, “आगलागी भएपछि गाउँमा बिजुलीबत्ती छैन। तीन दिन भयो, बत्ती नभएकाले मोबाइल फोन चार्ज गर्न पनि सकेका छैनौँ। सञ्चारविहीन भएका छौँ।”
आगलागीका कारण गाउँवासीको बसाइ व्यवस्थापनसँगै खानपानमा ध्यान दिन तथा खानेपानीको पाइप जलेको हुँदा सुरक्षित खानेपानीको सहज रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन पनि नागरिक समाज दाङले अपिल गरेको छ। विपन्न परिवार बसोबास गर्ने घरको खरको छाना विस्थापन गरी टिन लगाउने अभियान अहिले अलपत्र परेको हुँदा यस प्रकारका विपद्बाट क्षति भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब खरको छानो विस्थापन अभियान कार्यान्वयन गर्न पनि राज्यका तीन तहका सरकारलाई सचेत गराइएको छ।
गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। ८७ लाख ७५ हजार बराबरको क्षतिको प्रारम्भिक अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
