बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले हमासले इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र हजारौँ प्यालेस्टिनी कैदीको रिहा गर्ने प्रस्ताव गरिएको बताए।
साउदी अरबमा जारी विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकु समूह हमाससँग ४० दिनको युद्ध विरामको प्रस्ताव गरिएको छ।
बैठकमा सहभागी बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले हमासले इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र हजारौँ प्यालेस्टिनी कैदीको रिहा गर्ने प्रस्ताव गरिएको बताए।
“विश्वमा सबै दबाब र नजर आज उनीहरूमाथि हुनुपर्दछ जसले गर्दा उनीहरू सम्झौताका लागि तयार हुनेछन्,” उनले भने, “यो प्रस्तावले अप्रिय लडाइँमा रोक लगाउनेछ।”
हमासको एक प्रतिनिधिमण्डल सोमबार इजिप्ट पुगेको छ। यसले गाजामा युद्धविराम र लगभग सात महिनाको युद्धपछि बन्धकको रिहाईको लागि पछिल्लो प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको छ।
इजिप्ट, कतार र अमेरिकाले महिनौँदेखि इजरायल र हमासबीच मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्। पछिल्ला दिनहरूमा कूटनीतिको उतारचढावले शत्रुतालाई रोक्ने दिशामा नयाँ धक्का दिएको देखिन्छ।
बेलायती विदेशमन्त्रीले भने, “हामीले प्यालेस्टिनी जनताको राजनीतिक भविष्य हेर्नुपर्छ, तर हामीले इजरायलका लागि सुरक्षा पनि हेर्नुपर्छ अर्थात् यी दुई कुरा सँगसँगै जानुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
